सोलुखुम्बुमा सबै वडाले अनलाइन मार्फत नागरिकता सिफारिस गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक सबै वडा मार्फत अनलाईन प्रणाली बाट नागरिकता सिफारिस गर्ने व्यवस्था सुरु भएको छ ।

वडाका जनप्रतिनिधि र कर्मचारीलाई गृहमन्त्रालयको टोलीले कार्तिक २१ गते प्रशिक्षण दिएपछि केन्द्रिय नागरिकता सुचना व्यवस्थापन प्रणाली (सिसिआईएमएस) मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्था सुरु भएको हो ।

स्थानीय तहको वडा कार्यालयबाटै अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्थाले सिफारिस प्रकृयामा झुठा र दोहोरो सिफारिस जस्ता गैरकानूनी कार्य नियन्त्रण हुने, प्रशासन कार्यालयहरू, स्थानीय तह र वडा कार्यालय तथा सेवाग्राहीको समयको बचत हुनुका साथै, केन्द्रिय अभिलेख व्यवस्थापनमा पनि सहयोगी हुने बताइएको छ ।

पुराना नागरिकता जारी भएका धेरै विवरण जिल्ला प्रशासन कार्यालयमा अहिले नभएको अवस्थामा यस्तो विद्युतिय व्यवस्थाले सबै प्रणालीलाई एकिकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी पाण्डेले बताए । यसअघि वडा बाट नागरिकताका लागी सिफारिस मात्रै हुने गरेकोमा अब केन्द्रिय नागरिकता सुचना व्यवस्थापन प्रणालीमै वडा बाटै सबै कागजात अनलाईनमा प्रविष्ट गरी त्यसको जनप्रतिनिधिले पुष्टि गरेको विवरण मात्रै प्रशासन कार्यालयमा पठाईने भएकाले प्रशासन कार्यालयले तत्कालै नागरिकता जारी गर्न सक्ने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *