बालविवाह रोक्न झापा गाउँपालिकाको नयाँ योजना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

झापा, असार ११ — झापा गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि नयाँ कार्यक्रम अघि सारेको छ। गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ नगद दिने नीति ल्याएको हो।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बालविवाह अन्त्यका लागि २० लाख रुपैयाँ छुट्याइएको छ। यसबाट करिब २०० किशोरी लाभान्वित हुने अनुमान गरिएको छ।

गाउँपालिकाले कम उमेरमा हुने विवाहले शिक्षा, स्वास्थ्य र भविष्यमा असर पार्ने भन्दै उमेर पुगेपछि मात्र विवाह गर्ने संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *