|
२०८३ असार ११
काठमाडौं, असार ११ — विश्वप्रसिद्ध प्रविधि कम्पनी अमेजनले भारतमा थप १३ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीका सीईओ एन्डी जेसीले भारतीय प्रधानमन्त्रीसँगको भेटपछि नयाँ लगानी योजना सार्वजनिक गरेका हुन्।
अमेजनको नयाँ लगानी कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ र डिजिटल पूर्वाधार विस्तारमा केन्द्रित हुने बताइएको छ। यससँगै भारतमा कम्पनीको कुल घोषित लगानी ४८ अर्ब डलर पुगेको छ।
कम्पनीले मुम्बई र हैदराबादमा डाटा सेन्टर तथा प्रविधि पूर्वाधार विस्तार गर्ने जनाएको छ। यस लगानीबाट डिजिटल क्षेत्रको विकाससँगै रोजगारीका अवसर बढ्ने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्