एमाले सोलुखुम्बुबाट प्रत्यक्षतर्फ पाँच जना उम्मेद्धवार सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

सोलुखुम्बु । आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले सोलुखुम्बुले प्रत्यक्षतर्फको नाम सिफारिस गरेको छ। सोमबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले पाँच जना नेताहरूको नाम उम्मेद्धवारका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व रक्षामन्त्रि मानवीर राई, जिल्ला अध्यक्ष डुफकुमार बास्तोला, जिल्ला सचिव कल्पना राई, युवा नेता विरउदास श्रेष्ठ र नेतृ सुर्यकुमारी सुनुवार छन् ।

पार्टी स्रोतका अनुसार सिफारिस गरिएका उम्मेद्वारहरूलाई संगठन क्षमता, जनसमर्थन, राजनीतिक अनुभव तथा समावेशितालाई आधार मानी चयन गरिएको हो । आगामी निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमाले सोलुखुम्बुले संगठन विस्तार, जनसम्पर्क तथा चुनावी तयारीलाई तीव्र बनाउँदै लगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *