नेपाली फुटबल सुधारका लागि नयाँ योजना अघि बढाइने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

काठमाडौं, असार ११ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबललाई पुनः व्यवस्थित र बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेपछि मन्त्री पोखरेलले सरोकारवाला, पूर्वखेलाडी र खेल क्षेत्रका प्रतिनिधिसँग छलफल भइरहेको जानकारी दिएका हुन्।

उनले नेपाली फुटबलको सुधारका लागि आवश्यक कदम चालिने र नयाँ आधार तयार पारिने बताएका छन्। एन्फामाथिको निलम्बनपछि नेपाली फुटबल क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न सरकार सक्रिय रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *