प्रसव पिडामा परेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३१

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, १ जुभिङकी प्रसव पिडामा परेकी सुस्मिता राईको हेलिकप्टर मार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभएको छ।

स्थानीय बर्थिङ सेन्टरमा प्रसुती प्रक्रियामा कठिनाइ भएपछि उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पत्र पठाएको थियो । अवस्था निकै जटिल बन्दै गएको राईको २ दिन पश्चात राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरिएको हो । उद्धार पश्चात उनलाई काठमाण्डौँ ल्याइएको छ ‌।

गर्भवति महिलाको उद्धारमा सहयोग गर्ने जिल्ला प्रशासन सहित जनप्रतिनिधि र अन्य सरोकारवालामा गाउँपालिका अध्यक्ष राईले आभार समेत प्रकट गर्नुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *