६० वर्षको उमेरमा दुर्गाप्रसादले लिए नेपाली नागरिकता

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १२

इलाम – जिल्ला प्रशासन कार्यालय इलामले भारतको जेलमा ४० वर्ष बसेर जेलमुक्त भएका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता दिएको छ । ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका तिम्सिनालाई बिहीबार इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले नागरिकता दिएका हुन् ।

प्रदेश नं. १ ले तिम्सिनाको उपचार गर्ने निर्णय गरेपछि जिल्ला प्रशासनले वंशजको आधारमा नागरिकता दिएको खड्काले बताए । ‘प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको हो,’ खड्काले भने।

२०१७ साल साउन २० मा जन्मेका दुर्गाप्रसादले माई नगरपालिका–१० ठेगानाको नागरिकता पाएको कार्यालयले जनाएको छ।

नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ। भारतस्थित जेल र अदालतमा भने उनको नाम दीपक जैसी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *