सुन–चाँदीको भाउमा एकैदिन ठूलो गिरावट, तोलामै हजारौँले घट्यो मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १८

आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। छापावाल सुनको मूल्य एकैदिन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य रूपमा सस्तिएको हो। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्य घटेको बताइएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ५ सय ६५ रुपैयाँले घटेर ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन–चाँदीको मूल्यमा आएको यस गिरावटले उपभोक्ता र व्यवसायी दुवैको ध्यान तानेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *