|
२०८२ पुष ४
काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।
अघिल्लो दिन बिहीबार तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मूल्यमा पनि कमी आएको छ। बिहीबार तोलाको ४ हजार ८० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्