सुन र चाँदीको मूल्य घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ६

६ चैत्र, काठमाण्डौ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य ६ सयले घटेको छ। तोलामा ६ सयले घटेसँगै कारोबार मूल्य प्रतितोला ९९ हजार २०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबार सुन  प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला  ९९ हजार ३०० थियो । त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले  घटेर एक हजार ३७५ कायम गरिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *