छापावाल सुन र चाँदीको मूल्यमा गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

बिहीबार छापावाल सुनको मूल्यमा ८ सय रुपैयाँको कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको छापावाल सुन आज ८ सयले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले कम भई ३ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघको जानकारी अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १७ हजार १६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार १०८ रुपैयाँ निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *