ताप्लेजुङमा योगेश भट्टराईले पाएनन् टिकट, क्षितिज थेबे अघि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङ निर्वाचन क्षेत्रबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष हुन् ।

यसअघि सो क्षेत्रबाट लगातार चुनाव जित्दै आएका एमाले उपमहासचिव योगेश भट्टराईले भने यसपटक पार्टीबाट टिकट पाउन सकेनन् । पार्टीको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाउँदै भट्टराईले पार्टी कार्यालयमै ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।

पार्टीभित्र लामो समयदेखि सक्रिय र लोकप्रिय नेताका रूपमा चिनिएका भट्टराईलाई टिकट नदिइनु एमालेभित्रको आन्तरिक राजनीतिमा चासोको विषय बनेको छ । ताप्लेजुङमा नयाँ उम्मेदवार चयनसँगै आगामी चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *