२८औं भूकम्प सुरक्षा दिवसको नारा तयार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १८

काठमाण्डौँ । सरकारले २८औं भूकम्प सुरक्षा दिवसको मूल नारा तयार गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको नारा तय गरेको हो ।

२८औं भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहका सरकार सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ रहेको छ ।

बैठकले भूकम्प दिवसलाई केन्द्रमा मात्र सीमित नराखी सातै प्रदेश र सबै स्थानीय तहमा विशेष कार्यक्रमका साथ मनाउन अनुरोध गरेको छ । भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित निर्माणबारे जनचेतना जगाउन स्थानीय तहसम्म कार्यक्रमहरू गर्ने बताइएको छ ।

नेपालमा हरेक माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *