सुरक्षा थ्रेटपछि मुख्यमन्त्री यादवद्वारा सुरक्षा परिषद्को आपतकालीन बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले सार्वजनिक रूपमा सुरक्षा थ्रेटको जानकारी गराएलगत्तै सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका छन्। गृह, सञ्चार तथा कानून मन्त्रालयमा बसेको उक्त बैठक प्रदेशको आगामी सुरक्षा रणनीति तयारीसम्बन्धी रहेको बुझिएको छ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको छ। साथै प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू पनि सहभागी छन्।

यसअघि बिहानी प्रेस सम्मेलनमार्फत मुख्यमन्त्री यादवले आफूमाथि सुरक्षा जोखिम बढेको भन्दै आवश्यक सुरक्षा व्यवस्था कडाइ गर्नुपर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Shawn1584

    November 16, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *