संविधान संशोधनसहित २८ माग राख्दै जसपा नेपालको प्रदेशस्तरीय आन्दोलन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनलगायत २८ बुँदे माग अघि सार्दै प्रदेशस्तरीय विरोध सभाको कार्यक्रम सुरु गरेको छ। पार्टीले विभिन्न राष्ट्रिय मुद्दामा दबाब सिर्जना गर्ने उद्देश्यले आजदेखि प्रदेश–प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको हो।

पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विरोध सभाको पहिलो कार्यक्रम आज कोशी प्रदेशको विराटनगरमा आयोजना हुँदैछ। त्यसपछि पुस १४ गते मधेस प्रदेशको जनकपुर, पुस १५ गते वीरगन्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा हुने तय गरिएको छ।

उक्त सभाहरूमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित जसपा नेपालका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली जस्ता विषयलाई मुख्य मागका रूपमा अघि सारेको छ।

यसअघि जसपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तथा प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। साथै, संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर तथा बजारमा कोणसभा, विरोध कार्यक्रम, प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना तथा जिल्ला स्तरीय विरोध सभा र जनसभा पनि आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *