|
२०८२ पुष १०
काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।
२८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिवारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो । यसबीच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरुको अधिवेशनसमेत सम्पन्न गरिएकोे उनको भनाइ छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्