सिन्धुलीमा बुहारीमाथि आगजनी गरी हत्या गर्ने सासू र नन्द पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।

कमलामाई नगरपालिका ४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको हत्या भएको खुलेको छ । आइतबार अपराह्न साढे ४ बजेतिर घिसिङको हत्या भएको हो ।

उनको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मिना बमजन छन् ।

मृतकका माइती पक्षले उनीहरूसँगै ६५ वर्षीय ससुरा दुर्गामान बमजनविरूद्ध पनि किटानी जाहेरी दिएका छन् ।

‘आगजनीले दुर्गामान पनि घाइते छन् । मृतक मिनाका श्रीमान कोरियामा छन् ।

उनीहरूबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको थियो ।

आइतबार भने सुशीलाको शव पेट्रोल छर्केर आगजनी गरेको अवस्थामा भेटिएको हो । सुशीलाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले मृतक परिवारलाई न्याय दिनुपर्ने र अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *