खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १३

सुनसरी – जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको एक प्रहरीले टोलीले श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *