काठमाण्डौँ । जेनजी प्रदर्शनमा उच्छृङखल गतिविधि गर्दै संसद् भवन आगजनी गर्नेमा स्ववियु सदस्य नै संलग्न रहेको भेटिएको छ ।
पेट्रोल बोकर संसद् भवनमा गएर आगजनी गर्नेमा बानेश्वर बहुमुखी क्याम्पसका स्वावियु सदस्य सुजन वाइबाको संलग्नता देखिएको प्रहरीको अनुसन्धाननबाट थाहा भएको छ । वाईवा अखिल (क्रान्तिकारी) बाट बानेश्वर क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए ।
आगजनी र हतियार लुटमा संलग्न आरोपमा वाइबा समूहका चार जनालाई पक्राउ गरिएको काठमाडौँका एसएसपी रमेश थापाले बताएका छन् ।
पक्राउ पर्नेमा स्ववियु सदस्य २५ वर्षीय वाइबा, कञ्चनपुर घर भएका २० वर्षीय विकाश अग्री, दोलखा मेलुङ गाउँपालिका–६ घर भएका २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका २५ वर्षीय अनिल बुढा छन्, बुढा इनड्राइभ चालक हुन् ।
भदौ २४ मा सो समूहले हतियार लुटेर प्रदर्शन गरेको र पेट्रोल बोकेर प्रहरी वृत्त नयाँ बानेश्वर, प्रभाग कोटेश्वर र संसद् भवनमा आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
आरोपीहरूले लुटेको हतियार नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्