मंसिर २६ गतेसम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको छ ।

साथै आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि अनलाइन वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *