एनपीएलमा कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । कर्णाली याक्सविरूद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा समूहबाट अगाडि बढ्न नसके पनि दुवै टोली आजको भिडन्तमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछन् ।

प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूरा भइसकेको छ । सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन् ।

मंगलबार हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन् । उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु र लुम्बिनीबिच हुने ‘एलिमिनेटर’ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *