२०२५ को एनपीएलमा ब्याटिङमा विदेशी अनि बलिङमा नेपालीको वर्चश्‍व

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा २४ खेल सकिँदासम्म प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किङ्स पुगेका छन् । एक स्थानका लागि ४ टोलीबीच प्रतिस्पर्धा जारी छ ।

प्रतियोगितामा ब्याटिङतर्फ विदेशी खेलाडीहरू हावी छन् । शीर्ष ५ रन–स्कोररमध्ये ४ जना विदेशी छन् । पोखरा एभेञ्जर्सका एडम रोसिङटन २५८ रनसहित शीर्ष स्थानमा छन् ।

बलिङतर्फ भने नेपाली खेलाडीको वर्चस्व छ । शीर्ष ४ बलर (सन्दीप लामिछाने, अविनाश बोहरा, शाहब आलम, करण केसी) सबैले १२–१२ विकेट लिएका छन् । शाहब आलमले एक खेलमा ह्याट्रिकसहित ६ विकेट लिँदै कीर्तिमान बनाएका छन् ।

कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएको छ भने अन्य टोलीले प्लेअफ स्थानका लागि संघर्ष जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *