एनपीएलमा विराटनगर किङ्सको द्रुत विजय, पहिलो क्वालिफायरमा स्थान सुनिश्चित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार भएको रोमाञ्चक खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। आरिफ शेखले अविजित ४५ रनको योगदान दिए भने इशान पाण्डेले ३८ रन जोडे। विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने प्रतिश जिसीले दुई विकेट आफ्नो नाममा पारे।

१४८ रनको लक्ष्य पछ्याएको विराटनगरले ११.५ ओभरमै खेल टुंग्याउँदै सहज जित हात पार्यो। टोलीका लागि साम हिजलेटले ५१ तथा फाफ डु प्लेसिसले ५० रनको प्रभावशाली पारी खेले। सुदूरपश्चिमका अविनाश बोहराले दुई विकेट लिएका थिए।यस जितसँगै विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको पुनः भेट निश्चित गरेको छ। सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *