काठमाण्डौँ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँगको महत्त्वपूर्ण बैठक बसिरहेको छ ।
बैठकमा निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी,आयुक्त जानकीकुमारी तुलाधर,आयुक्त सगुनशमशेर राणा सहभागी छन् । त्यस्तै सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई,सहसचिव, यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसी समेत सहभागी छन् ।
दलहरूबाट
गगन थापा, पुष्पा भुसाल (नेकां)
शंकर पोखरेल, महेश बर्तौला (एमाले)
शक्ति बस्नेत, प्रकाश ज्वाला (नेकपा)
शिशिर खनाल, सोबिता गौतम (रास्वपा)
राजेन्द्र गुरुङ, भुवन पाठक (राप्रपा)
प्रकाश अधिकारी (जसपा नेपाल)
नरेन्द्र चौधरी (जनमत)
सरकारबाट
प्रधानमन्त्री सुशीला कार्की
अर्थमन्त्री रामेश्वर खनाल
गृहमन्त्री ओमप्रकाश अर्याल
कानुनमन्त्री अनिलकुमार सिन्हा
सञ्चारमन्त्री जगदीश खरेल
बैठकमा ४ वटै सुरक्षा निकाय प्रमुखहरु समेत सहभागी छन् ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्