प्रधानमन्त्री कार्कीको पहल : सर्वदलीय बैठक आज अपराह्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

काठमाडौँ, २०८२ मंसिर १८ – प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न आज अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएकी छन्।

प्रधानमन्त्री कार्यालयले जनाएको छ, बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, निर्वाचन आयोगलगायत सम्बन्धित निकायको पनि सहभागिता रहनेछ। सरकारले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सफल बनाउन राजनीतिक दलसँग निरन्तर समन्वय गर्दै आएको छ।निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका साना र मधेस केन्द्रित दलहरूले निर्वाचनसँग सम्बन्धित गतिविधि तीव्र रूपमा अगाडि बढाएका छन्।

सरकारी स्रोतका अनुसार, बैठकमा निर्वाचन सुरक्षामा ध्यान दिने, मतदाता सहभागिता सुनिश्चित गर्ने, र चुनावी शान्ति कायम राख्ने उपायहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *