|
२०८२ मंसिर १८
ताप्लेजुङ — पछिल्लो समय अलैँचीको मूल्य लगातार घट्दै गएको छ। कात्तिक २३ मा फुङलिङ बजारमा प्रतिमन एक लाख दुई हजार रुपैयाँ पुगेको दर २४ घण्टा पनि टिकेन। त्यसयता घट्दो क्रम जारी रहँदै आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको व्यापारीहरूले बताए।
असोजमा ८५ हजारमा स्थिर रहेको भाउ नयाँ उत्पादन आउनासाथ १५–१७ हजारले बढेको थियो। तर अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि फेरि तीव्र गिरावट आएको व्यापारीहरूको भनाइ छ।
कोसी प्रदेशमा ७,५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैँची खेती हुँदै आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमै काँकडभिट्टा नाकाबाट १ अर्ब ६७ करोडभन्दा बढी मूल्यको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्