तीन महिनामा करोडौँ नेपालीको पसिनाको पाँच खर्बभन्दा बढी रकम देश भित्रियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

चालु आर्थिक वर्षका पहिलो तीन महिनामा विदेशमा रहेका नेपालीले स्वदेशमा पठाएको विप्रेषण ठूलो मात्रामा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा करिब रु ५ खर्ब ५३ अर्ब बराबरको रकम नेपाल आएको छ, जुन गत वर्षको तुलनामा ३५.४% ले बढी हो।

पहिलो महिना साउनमा विप्रेषण २९.९% ले बढेर रु १ खर्ब ७७ अर्ब पुगेको थियो भने भदौमा पनि वृद्धि कायम रहँदै **३३.१%**ले बढेको देखिन्छ।

साथै, चालु आवको पहिलो त्रैमासमा चालु खाताशोधनान्तर दुवैमा ठूलो मात्रामा बचत देखिएको छ।

यस अवधिमा वस्तु निर्यात ८९.६% ले बढेर रु ७२ अर्ब ७८ करोड पुगेको छ भने आयात १९.८% बढेर रु ४ खर्ब ६८ अर्ब पुगेको छ। कुल व्यापार घाटा भने रु ३ खर्ब ९५ अर्ब मा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *