काठमाण्डौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा १२.७१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६० लाख खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन ११ करोड ९४ लाखबाट बढेर १२ करोड ७ लाख पुगेको छ। कम्पनीको कुल आम्दानी २३ करोड २४ लाखबाट बढेर २४ करोड ३३ लाख पुगेको छ। कम्पनीको कुल खर्च १५ करोड २३ लाखबाट बढेर १५ करोड ३१ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.८५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २०२.२७ रुपैयाँ रहेको छ। १ अर्ब ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको रिटेन अर्निंग २४ करोड ९२ लाख रुपैयाँ रहेको छ। कम्पनीको महाविपत्ति कोष १० करोड ३४ लाख रहेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्