आज सुनको भाउमा २२ सय र चाँदीमा ६५ रुपैयाँको वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १२

काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुबैको भाउमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो यसैबेला सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, चाँदीको भाउमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

सुन–चाँदीको मूल्यमा आएको यो वृद्धि पछिल्ला केही दिनयताको बजार उतार–चढावसँग सम्बन्धित मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *