|
२०८२ मंसिर ६
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा प्रशासकीय भवन शिलान्यास गरिएको छ । स्थानीय सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ प्रशासकीय भवन निर्माण कार्यको शिलान्यास सम्पन्न गरिएको हो ।
आकाश निर्माण सेवा द्वारा निर्माण गरिने यस भवन १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणको लागि कुल सम्झौता रकम ५ करोड ८७ लाख १८ हजार १३० रुपैँया लागत रहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्