हलेसी तुवाचुङ नगरपालिकाको १७औं नगरसभा असार ९ गते कोटगैरामा हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २९

काठमाडौँ ।  हलेसी तुवाचुङ नगरपालिकाले १७औं नगरसभा असार ९ गते सोमबारका दिन आयोजना गर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९(२) बमोजिम नगर प्रमुख विमला राईद्वारा उक्त सभा आह्वान गरिएको हो।

नगरसभा बिहान ११:०० बजे कोटगैरा स्थित होलेसुङ रिसोर्ट प्रा.लि. को सभाहलमा सुरु हुनेछ। सो अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेटमाथि छलफल हुने अपेक्षा गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरीले नगरसभा सदस्यहरुलाई समयमै उपस्थित भई सभालाई सफल बनाउन अनुरोध गरेका छन्। नगरसभा स्थानीय तहको महत्वपूर्ण नीति निर्धारण मंच भएकाले यसमा सक्रिय सहभागिता अपेक्षित गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *