२४ जेठ, काठमाडौँ । शिक्षा क्षेत्रमा देखाएको सक्रियता, उत्कृष्ट नेतृत्व र सुधारात्मक प्रयासको आधारमा हलेसी तुवाचुङ नगरपालिकाले ‘कोशी प्रदेश पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ।
नेपालका प्रधानाध्यापकहरूको संस्था *प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)*ले प्रत्येक वर्ष प्रदान गर्ने उक्त पुरस्कार यस वर्ष हलेसी तुवाचुङले हात पारेको हो।
प्राध्यापक डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरी नगरपालिकालाई उत्कृष्ट ठहर गरेको हो।
शिक्षा मन्त्री रघुजी पन्तबाट नगर प्रमुख विमला राईले काठमाडौंमा आयोजित राष्ट्रिय सम्मेलनमा पुरस्कार प्राप्त गर्नुभयो।
९० वटा विद्यालय रहेको नगरपालिकाले भवन निर्माण, शिक्षक व्यवस्थापन, प्रविधियुक्त सिकाइ, बालमैत्री कार्यक्रम, छात्रवृत्ति, दिवाखाजा लगायत शिक्षामा उल्लेखनीय काम गरेको छ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार, नगरपालिकाको बेरूजु फछ्र्योट ०.१५% मात्र छ, जसले यसलाई जिल्लामा पहिलो, प्रदेशमा तेस्रो र राष्ट्रव्यापी रूपमा दशौँ स्थानमा पुर्याएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्