काठमाण्डौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले साभारणसभा हुने भएको छ । बैंकले मंसिर २६ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । सभा मंसिर २६ गते शुक्रबार, होटल सेफ्रन सि।के।प्रा।लि।, बुटवल, रुपन्देहीमा अपरान्ह साढे १२ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्