काठमाडौं, असोज २४ – कामना सेवा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा आज शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुँदैछ।
सभामा आर्थिक वर्ष २०७९/८० का लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
कामना सेवा विकास बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले असोज ७ गतेसम्म नेप्सेमा नाम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्