|
२०८२ मंसिर ४
ओखलढुंगा । ओखलढुंगको खिजीदेम्बा गाउँपालिका ५ मा आजदेखि आठौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु भएको छ । खिजीदेम्बा गाउँपालिकाको प्रायोजन र हिमगंगा मा. वि. को आयोजनामा आज प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगतामा भलिबल, लङजम्प, सयमिटर रनिङ, रिलेरेसलगायतका खेल समावेश गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९ वटा वडाका ७ माध्यामिक विद्यालयले सहभागिता जनाएका छन् । कार्यक्रमको गाउँपालिका अध्यक्ष गोम्बु शेर्पा, उपाध्यक्ष शुशिला तामाङले उद्घाटन गर्नु भएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्