×

महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता

चैत्र २, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गरेको सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २–० सोझो सेटले पराजित गर्दै श्रीदलले विजयी सुरुवात गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: