|
२०८२ कार्तिक २८
काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराउन सम्बद्ध सबैमा आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, गत भदौ २३ र २४ गते काठमाडौँ उपत्यकामा भएका आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका कागजात जलेर नष्ट भएका छन्।
त्यसैले पीडित र निवेदकसँग रहेका विवरणहरू उपलब्ध गराइदिन आग्रह गरिएको छ। प्रहरीका अनुसार, उपलब्ध कागजातले अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहयोग गर्नेछ।
संबन्धित व्यक्तिहरूलाई नजिकको प्रहरी वृत्त वा जिल्ला प्रहरी परिसर काठमाडौँमा कागजात उपलब्ध गराउन अनुरोध गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्