सरकारी कागजात कीर्ते आरोपमा वकिल पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २४

काठमाडौं – सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ । जिप्रका मकवानपुरको अनुरोधमा महानगरीय प्रहरी परिसर काठमाडौंले अधिवक्ता बद्रीप्रसाद पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो । हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ ।

विसं.०६६ मा पाँचजना शेयर सञ्चालकमध्ये मृत्यु भएका चार जना भारतीयको नाममा रहेको शेयर फर्जी कागजात बनाएर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘अधिवक्ता पौडेललाई हामीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेका छौं’ मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले भने– ‘कम्पनी रजिष्टारको कार्यालयका अधिकृतको हस्ताक्षर पनि किर्ते गरेको देखिन्छ ।’ मकवानपर जिल्ला अदालतबाट ०७५ मा पौडेलको नाममा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आएपछि उनी फरार भएका थिए । भक्तपुर चाँगुनारायण घर भएका उनी वीरगञ्ज कार्यक्षेत्र बनाएर कानुन व्यवसाय गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *