काठमाडौं प्रहरी परिसरको गेटबाटै भागे थुनुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एकजना थुनुवा भागेका छन्। परिसरको कार्यालय रहेको भद्रकालीको गेटबाट थुनुवा भागेका हुन् ।

बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार फरार भएका हुन्। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो। उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *