आगामी शनिबार गरिमा विकास बैंकको आयोजनामा दोस्रो गरिमा रोड रेस– २०८२ हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । गरिमा विकास बैंकको आयोजनामा आगामी शनिबार दोस्रो गरिमा रोड रेस, २०८२ हुने भएको छ । बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा ुस्वास्थ्यका लागि खेलकुदु भन्ने नाराका साथ आगामी मंसिर ६ गतेका दिन दोस्रो संस्करणको रोड रेस, २०८२ आयोजना गरिने भएको हो ।

बैंकले गत वर्षदेखि सुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुने बैंकले जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरूलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधासमेत थप गरिएको छ ।

करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरूमध्ये खुलातर्फका दुवै समूहको विजेताले जनही ५०,००० र कर्पोरेट र भेट्रानतर्फ जनही ३०,००० नगद पुरस्कार प्राप्त गर्नेछन ।

साथै, खुलातर्फ दोस्रो स्थान हासिल गर्नेले ३५,०००, तृतीय स्थान हासिल गर्नेले २०,०००, चौथो स्थान हासिल गर्नेले १५,००० र पाँचौँ स्थान हासिल गर्नेले १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, कर्पोरेट र भेट्रानतर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २०,०००, तृतीय हुनेले १४,०००, चौथो हुनेले १०,००० र पाँचौँ हुनेले ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बालुवाटार, काठमाडौंस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट सुरु हुने रोड रेस प्रतियोगिताको खुलातर्फको प्रतिस्पर्धा बूढानीलकण्ठ नगरपालिका– ३ को कार्यालय भवनमा पुगेर पूनः सोही बाटोहुँदै बालुवाटार पुगेपश्चात् समापन हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Darwin3578

    November 13, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *