|
२०८२ आश्विन २७
काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि ६% बोनस सेयर र ४.५३% नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
सोमबार, असोज २७ गते बसेको सञ्चालक समितिको बैठकबाट लाभांश प्रस्ताव पारित गरिएको हो। हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड रुपैयाँ रहेको छ, जुन बोनसपछि ६ अर्ब २ करोड रुपैयाँ पुग्नेछ।
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।




दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्