गरिमा विकास बैंकलाई दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १६

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाको बैंक तथा वित्तीय क्षेत्रमा प्रदान गरिने एक अत्यन्त प्रतिष्ठित अवार्ड हात पारेको छ। इण्डियन च्याम्बर अफ कमर्शद्वारा अगस्ट २९, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित तेस्रो संस्करणको इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंकले महत्वपूर्ण उपाधिहरु प्राप्त गरेको हो।

उक्त कार्यक्रममा गरिमा विकास बैंकले दी वेष्ट बैंक, वेष्ट एआईआरएमएल कार्यान्वयन विधामा उत्कृष्ट अवार्ड तथा सर्वश्रेष्ठ एमएसएमई एक्सेलेरेशन विधामा रनर(अप को उपाधि प्राप्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली बैंकिङ क्षमताको पहिचान दिलाएको छ। यस अवार्डमा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका प्रतिष्ठित बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्तरूपमा अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि सन् २०२४ मा आयोजित दोस्रो संस्करणमा गरिमा विकास बैंकले उत्तम सम्पत्ति व्यवस्थापन विधामा रनर(अप बन्न सफल भएको थियो।

गरिमा विकास बैंकले यस सम्मानले आफ्ना ग्राहकहरुलाई अझ सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यमा थप ऊर्जा मिलेको जनाएको छ। बैंकले यस उपलब्धिमा साथ र सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। साथै, बैंकको निरन्तर सफलताको मूल आधाररुपमा खटिएका कर्मचारीहरूप्रति विशेष आभार प्रकट गरिएको छ।

हाल देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम र नविनतम डिजिटल बैंकिङ सेवामार्फत गरिमा विकास बैंकले सेवा प्रवाह गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *