गरिमा विकास बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

काठमाडौं । गरिमा विकास बैंकले फोनपे नेटवर्कको सहकार्यमा ‘गरिमा डिजि बटुवा’ मोबाइल एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। ग्राहकले शाखामा फारम बुझाई सेवा सक्रिय गर्न सक्नेछन्।

यो कार्डमार्फत फोनपेको क्युआर र नेटवर्कमा सहज भुक्तानी गर्न सकिन्छ। रु १०,००० देखि १,००,००० सम्मको क्रेडिट सीमा भएको यस कार्डमा ४५ दिनसम्म ब्याज लाग्दैन। साथै, १०% वा १००% भुक्तानी विकल्प पनि उपलब्ध छ।

भौतिक कार्डको आवश्यकता नरहने यो सेवा सुरक्षित र आधुनिक भुक्तानी समाधानका रूपमा ल्याइएको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *