गायिका एलिना चौहान अब अमेरिकापछि क्यानडामा गुञ्जिने, ‘क्यानडाका ४ सहरमा प्रस्तुति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । गायिका एलिना चौहानले अमेरिकापछि क्यानडा सांगीतिक टुर गर्ने भएकी छिन् । बुधबार उनले औपचारिक रुपमा क्यानडामा सांगीतिक टूरको घोषणा गरेकी हुन् ।

अंग्रेजी नयाँवर्ष २०२६ को छेकोमा हुन लागेको यो उत्तर अमेरिकी टूरलाई लिएर एलिना उत्साहित सुनिएकी छन् ।

उनको टूर २३ डिसेम्बरमा नायगरा फल्ससँग जोडिएको रमणीय क्यानडेली सहर ओन्टारियाको क्याम्ब्रिजबाट सुरु हुनेछ ।

२६ डिसेम्बरमा एडमन्टन, २७ डिसेम्बरमा क्यालगरी, ३१ डिसेम्बरमा टोरन्टोमा उनले प्रस्तुति दिने तय छ । यसको जानकारी एलिनाले सामाजिक सञ्जालमार्फत गराएकी छन् । एलिनाको क्यानडा टूरको आयोजना आँगन इभेन्ट्सले गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *