रामेछापमा १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको सानो कार नियमित जाँचका प्रहरी चौकी झनझनेका वरिष्ठ प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाडीको पछाडिको टायरभित्र लुकाइराखिएको नगद फेला पारेको जनाएको छ ।

उक्त गाडीका चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद रहेका छन् । उनीसँगै सोही गाडीमा बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन, र करिब ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे ९ह्ष्यलन ऋजबलनथभ० समेत सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *