सिन्धुपाल्चोकमा विपद : २ चिनियाँ सहित १ भारतीय नागरिकको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ३

३ असार, काठमाडौं ।बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

उक्त भेटिएको शव भारतीय नागरिक कमल लोचन महतोको हो । ‘बिहान एक जना चिनियाँ नागरिकको शव भेटिएको थियो, अहिले एक जना भारतीय नागरिकको पनि भेटियो’ उनले भने, ‘पोष्टमार्टमका लागि पठाउने तयारी छ ।’सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।

यसअघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिइसकेको छ । घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *