×

गोंगबुमा ट्याक्सी जलाइयो, ५६ जना प्रहरी नियन्त्रणमा

माघ २२, २०७७ | दाक्सु मिडिया

काठमाडौं – काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। बिहीबार एका बिहान कुम्भ नारायण श्रेष्ठको प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ। प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेको छ । प्रहरीका अनुसार बन्दकर्ताले ट्याक्सीमा आगजनी गरेको हुन सक्ने बताएको छ । 

‘गोंगबुको टाउन पछाडि रोकेर राखेको ट्याक्सी जलाइएको हो। ट्याक्सीमा क्षति पुगेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।

घटनालगत्तै प्रहरी पुगेर आगो निभाएको थियो। प्रहरीले बन्द गराउँदै हिडेका ५६ जनालाई नियन्त्रणमा लिएको छ। ‘ अहिलेको अवस्था शान्त छ। केही प्रर्दशनकारीलाई नियन्त्रणमा लिएका छौ,’ एसएसपी अशोक सिंहले भने।

प्रचण्ड-माधव समूहले सरकारले बुधवार गरेको संबैधानिक परिषद्को नियुक्तिको विषयलाई लिएर आज आम हड्तालको घोषणा गरेको छ। गृहमन्त्रालयले भने सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएकाले निर्वाधहरुमा यातायात, व्यापार, उद्योग सञ्चालन गर्न आह्वान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: