|
२०८२ कार्तिक २४
काठमाडौँ — मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले मधेश प्रदेशका जनतामाथि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धोका दिएको आरोप लगाएका छन्।
सोनलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक छोटो भिडियो क्लिप सार्वजनिक गर्दै भनेका छन्, “मधेश प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारका नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन्। एक त महिला, अर्को स्वास्थ्यको कुरा गरिन्।”
स्वास्थ्य उपचारका लागि काठमाडौं जाने भन्दै सोमबार बिहानै सोनलले स्वयं प्रदेश प्रमुख भण्डारीलाई बिदाइ गरेका थिए। तर पछि उनले त्यस घटनालाई ‘मधेशको अस्मितामाथिको खेल’ भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्