सोलुखुम्बु । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सुर्केबाट चौरीखर्कसम्म ६ किलोमिटर सडक ट्र्याक खोल्ने कार्यको आइतबार औपचारिक रूपमा सिलान्यास गरिएको छ । उक्त सिलान्यास कार्यक्रम गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यतामा, तथा वडा नं. २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त ङीम दोर्जी पर्यटक सडक सुर्के–नासाग्राह–मुसे–चौरीखर्क नामक योजनाको कुल लागत ८ करोड ५९ लाख ३१ हजार ६ सय ८१ रहेको छ । यो योजनाको बजेट खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाटै विनियोजन गरिएको वडा न २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिएका छन् ।
वडा अध्यक्ष शेर्पाका अनुसार उक्त बाटो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । हालसम्म सडक सुर्केसम्म मात्र पुगेकोमा अब यो सडक गाउँपालिकाको केन्द्र चौरीखर्कसम्म जोडिनेछ उक्त सडक खन्ने काम आज बाट नै सुरु हुने छ । “सडक निर्माणका क्रममा धेरै चट्टान र कठिन भू–भाग पर्ने भएकाले केही चुनौतीहरू रहेको अध्यक्ष शेर्पाको भनाइ छ ।
गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले सिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै यस सडक निर्माणले स्थानीय आवतजावत, पर्यटन प्रवद्र्धन र आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्