एमाले बाट सोलुखुम्बुका २ पालिकामा निर्वाचित प्रमुखले सपथ ग्रहण गरेका छन्

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ ६

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ गाउपालिका नवनिर्वाचित अध्यक्ष बुद्धि किरण राई र मिङ्मा छिरीङ शेर्पाले एक साथ शपथ लिनुभएको छ । जिल्ला सदरमुकाम स्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा दुवै अध्यक्षले सपथ लिनुभएको हो ।
भर्खरै सम्पन्न स्थानिय निकायको चुनावमा राई र शेर्पा दुवै नेकपा एमालेबाट विजयी हुनुभएको थियो । सोलुखुम्बुको आठ स्थानिय तह मध्य खुम्बु र माप्यमा मात्र एमाले विजयी भएको हो । उहाँहरु दुवैलाई आजै जिल्ला निर्वाचन अधिकृत सन्तोष पराजुलीले सपथ ग्रहण गराएका हुन् ।
निर्वाचित अध्यक्ष राई पहिलो कार्यकालमा माप्य दुधकोशी गाउँपालिकाको प्रमुख भैसक्नुभएको थियो भने शेर्पाको यो पहिलो कार्यकाल हो । सपथका क्रममा दुवै अध्यक्षले गाउँपालिकाको विकासको लागी लागिपर्ने वचन व्यक्त गर्नुभयो ।

माप्य दुधकोशी गाउपालिकाका अध्यक्षमा बुद्धि किरण राई र खुम्बु पासाङ ल्हामु गाउपालिकामा मिङमा छिरी शेर्पा निर्वाचित बनेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *